अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता,मुख्यसचिब अर्याल निलम्बित



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ जना सरकारी कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 

 विशेष अदालतमा भर्खर पेश गरिएको अभियोगपत्र अनुसार रितेश शाक्य, टंक पाण्डे, विकल पौडेल, गणेशविक्रम शाही, सफल श्रेष्ठ, रवीन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, हरिबल्लब घिमिरे, शक्तिप्रसाद श्रेष्ठ, केशव शर्मालाई प्रतिवादी बनाइएको छ ।

उक्त मुद्दामा प्रतिवादीबाट ३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ बिगो दाबी गरिएको छ ।

मुख्यसचिव अर्याल टेरामक्स प्रकरणमा पनि मुछिएका छन् । यो प्रकरणमा पूर्वमन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेतमाथि पनि अनुसन्धान भइरहेको छ । अख्तियारले केही दिनमै टेरामक्समा पनि मुद्दा दायर गर्दैछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै स्वतः निलम्बनमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्