जलरहवाका आगलागी पीडितलाई राहत उपलब्ध गराउन मधेस प्रदेश सरकारको ध्यानाकर्षण



जनकपुरधाम।विभिन्न राजनीतिक दलका नेताहरुले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसंग भेट गरी आगलागीबाट पीडित मटीहानीको जरलहवा टोलका जनताका लागि प्रदेश सरकारबाट विशेष राहत सहयोगको माग गरेका छन् ।

तराई-मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली काँग्रेसको नेता रामसरोज यादव, तमलोपाको वरिष्ठ नेता डा. विजयकुमार सिंह, नेपाली काँग्रेसको नेता जीवनाथ ठाकुरतमलोपाका रविशंकर सुभाष, उमेश मण्डल, बिभा ठाकुर, बिमला साह, बैध्यनाथ साह सहितको प्रतिनिधि मण्डलले शुक्रबार मुख्यमन्त्री यादवसंग भेटगरी बिचल्लीमा रहेका स्थानीयलाई पुनः बसोबासको व्यवस्थाका लागि शिघ्र पहल गर्न आग्रह गरेका हुन्। उनीहरूले एक द्वार प्रणालीको नाममा अरुलाई राहत वितरण गर्न समेत अवरोध खडा गरिरहेको भन्दै सरकारको सो कदमको बिरोध समेत जनाएका थिए।

स्थानीय सरकार,प्रदेश र संघीय सरकार राजनीतिक लाभका निमित्त राजनीतिक समर्थनको आधारमा सहयोग वितरण गर्न नहुने र जनताको पैसाबाट गरिने सरकारी सहयोगमा व्यक्ति वा नेताको हालीमुहाली चल्नु नहुनेमा समेत उनीहरूले सरकारको ध्यानाकर्षण गराएका थिए।

 गत बैशाख १२ गते आगलागी हुँदा सो टोलमा करिब १५० घर जलेर पूर्णतः नष्ट भएका थिए । प्रतिनिधि मण्डलले अहिलेसम्म सो टोलका बासिन्दाहरुको सहयोगका लागि प्रदेश सरकारले कुनै विशेष राहत-सहयोगको घोषणा नगरेकोमा क्षोभ प्रकट गर्दै यथाशीघ्र कदम चाल्न माग गरेको थिए।।

प्रतिक्रिया दिनुहोस्