काठमाडौंमा नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश सभा ‘ख’ को शुभकामना आदानप्रदान तथा चियापान



सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश सभा‘ख’ले नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

नयाँ वर्ष २०८१ को अवसरमा सोमबार चाबहिलमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा पार्टीका विभिन्न तहका नेता कार्यकर्ता,भातृ संघ संगठनका प्रमुख तथा प्रतिनिधि लगायत गरी करिब २ सय जना नेता कार्यकर्ताहरु सहभागी भएको तरुण दलका केन्द्रीय सदस्य नवीन थापाले जानकारी दिए।

नेपाली कांग्रेस सोलुुम्बु प्रदेश सभा‘ख’का सभापति कर्मा शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री बल बहादुर केसी, केन्द्रीय सदस्य तथा कांग्रेस पर्यटक विभाग प्रमुख आङ गेलु शेर्पा, केन्द्रीय सदस्य एवंम् सांसद उदय शमसेर राणा, कांग्रेस कोशी प्रदेशका महामन्त्री तथा प्रदेशका सचेतक भुपेन्द्र राई लगायतका नेताहरुको उपस्थिति रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्