सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं।सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी सेवा, साधारण समुह, साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिपक अधिकारीलाई
दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहकाबीच महानिरीक्षक अर्यालले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो।अधिकारी गृहमन्त्रीस्तरीय निर्णयबाट गत चैत २३ गते सो पदमा बढुवा हुनुभएको थियो।समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवासँगै थप भएको पदीय जिम्मेवारीलाई ईमान्दारीताकासाथ कार्यक्षेत्रमा पूर्ण व्यावसायिकता र बफादारिताका साथ आगामी दिनहरुमा समेत अझ बढि सक्रिय भई लाग्न निर्देशन दिनुभयो ।

महानिरीक्षक अर्यालले राष्ट्र र संगठनले लिएको निर्दिष्ट लक्ष्य प्राप्तीको लागि कार्यक्षेत्रमा परिचालित हुँदा सदैव देश र जनताको लागि खटिएको छु, म जहाँ भएपनि ईमान्दारीताका साथ काम कारवाही गर्नसक्छु र गर्छु भन्ने भावनाका साथ सकारात्मक सोच र ईमान्दारीतापूर्वक आफु जिम्मेवार भई मातहत कर्मचारी समेतलाई सोही अनुरुप परिचालन गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत र अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्