प्रशान्ति एकेडेमीमा ‘प्रशान्ति फेस्ट -२०८०’ सम्पन्न



काठमाडौं।वुढानिलकण्ठ-१२ कपनमा रहेको प्रशान्ती एकेडेमीले शैक्षिक वर्ष २०८० काे अन्तिममा “प्रशान्ति फेस्ट २०८०” कार्यक्रम सम्पन्न गरेको छ ।

चैत्र २३ गते शुक्रबार विद्यालयको प्रागंणमा आयोजित एक कार्यक्रमकाबीच प्रशान्तीले आफ्ना विद्यार्थी, अभिभावक,आगन्तुक र शुभचिन्तकहरुको उपस्थितिमा सो कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको हो।सोही दिन विद्यालयले विहान ११ वजे देखि नै
प्रशान्ति फुड फेस्टिवल उत्सवको पाचौं सस्करण २०८०,साँस्कृतिक प्रस्तुति, बिज्ञान प्रदर्शनी लगायतका कार्यक्रम गरेको थियो।

उल्लेख्य मात्रामा अभिभावकहरुको सहभागिता रहेको सो कार्यक्रम सफल बनाउन सक्रिय प्रोग्राम विभाग टिम र
विद्यालयका शिक्षक शिक्षिका अभिभावकहरु बिद्यार्थी, स्कुल कर्मचारी ,संचालक र व्यबस्थापक टिम लाइ प्रिन्सिपल समिर वास्तोलाले हार्दिक धन्यबाद प्रकट गरे।

विद्यालयका अध्यक्ष मुरारी भण्डारीले शुभकामना मन्तव्य दिदै सम्पुर्ण अतिथि तथा आमन्त्रितलाई धन्यवाद ज्ञापन गरे।प्रशान्ति फेस्ट २०८० मा फुड फेस्टिवल तथा शैक्षिक प्रदर्शनी, खेलहरु,पुरस्कार वितरण,नतिजा प्रकासन र अन्य विविध कार्यक्रममासमेत समाबेश गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्