सोलु एमाले नेतृत्व चयनका लागि मतदान सुरु,अध्यक्षमा बास्तोला र राईको प्रतिस्पर्धा
सोलुखुम्बु।नेकपा एमाले सोलुखुम्बुको ८ औं अधिबेशनका क्रममा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।
सदस्य पदमा सर्बसम्मत भएपछि अध्यक्ष,उपाध्यक्ष,सचिब,सहसचिव र महिला सहसचिव पदका लागि निर्बाचन हुन लागेको हो।
अध्यक्ष पदमा बर्तमान अध्यक्ष डुफकुमार बास्तोला र उपाध्यक्ष हर्कबहादुर राईले प्रतिस्पर्धा गर्दैछन् भने उपाध्यक्षमा आशकुमार राई ‘शिशिर’,पोष्टकुमार कार्की र रामकाजी श्रेष्ठको उम्मेदवारी परेको छ।
सचिबमा कल्पना राई,जगन्नाथ बास्तोला र दीपक राजभण्डारी मैदानमा छन्।यसैगरी उपसचिवमा अर्जुन कार्की,धनकुमार बिश्वकर्मा,मनोज श्रेष्ठ,मिङ्माछिरी शेर्पा (खुम्बु)र मिङमारछिरी शेर्पा (सोलुदुधकुण्ड)तथा महिला उपसचिवमा कल्पना बस्नेत,मोहन कुमारी कार्की,सरस्वती कुलुङ र सुजाता राईको उम्मेदवारी परेको निर्बाचन आयोगका सदस्य दिपेन्द्र कुमार शर्माले जानकारी दिनुभयो।
अधिबेशन शुक्रबार सुरु भएको थियो।