एमाले सोलुखुम्बुको नेतृत्व चयन प्रक्रिया सुरु,मतदान पौने चार बजे



सोलुखुम्बु।नेकपा एमाले सोलुखुम्बुको ८ औं अधिबेशनका क्रममा नेतृत्व चयनका लागि निर्बाचन प्रक्रिया सुरु भएको छ।

निर्बाचन आयोगले सार्बजनिक गरेको निर्बाचन कार्यक्रम अनुसार १२:१५ मा प्रकाशित मतदाता नामावलीमा दावी बिरोधको समय समाप्त भएको छ भने साढे १ देखि २ बजेसम्म उम्मेदवारका लागि फारम बितरण गरिने छ।

२ बजे देखि उम्मेदवारी दर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन ३:१५ बजे गरिनेछ। मतदान भने पौने चार बजे सुरु हुने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्