सशस्त्रद्वारा ५० लाखभन्दा बढिको अबैध लत्ताकपडा बरामद
कैलाली।सशस्त्र प्रहरी बल,नेपालले कैलाली जिल्लाको धनगढी उप–महानगरपालिका ४ स्थित उत्तरवेहडी ईलाकाबाट चैत्र २३ गते करीब ५७ लाख १८ हजार ५ सय रुपैयाँ बराबरको अबैध लत्ताकपडा बरामद गरेको छ ।

नम्बर ३४ गण हेक्वा कैलालीबाट खटिएको सुरक्षा फौजले विशेष सूचनाको आधारमा जस्तापाताबाट बनेको एक गोदामभित्र २३ वटा बोरामा प्याक गरी अबैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा कुर्ति सेट, टप्स, सारी र सुट पिस लगायतका कपडा बरामद गरेको हो ।
बरामद लत्ताकपडा कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको सशस्त्रले जनाएको छ।