साढे २३ खर्ब माथि पुग्यो नेपालको सार्वजनिक ऋण



काठमाडौं। नेपालको सार्वजनिक ऋण साढे २३ खर्ब माथि पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०-८१ को फागुनसम्मको तथ्यांक अनुसार सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ पुगेको हो ।

नेपालले भुक्तानी गर्न बाँकी उक्त ऋणमा ११ खर्ब ८५ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक र १२ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ बाह्य ऋण रहेको छ। नेपालले चालु आर्थिक वर्ष २०८०-८१ को पछिल्लो ८ महिनामा २ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ थप ऋण लिएको छ ।

सरकारले लिएको ऋणमा आन्तरिकतर्फ १ खर्ब ४६ अर्ब ६४ करोड र बाह्य ऋण २८ अर्ब ८६ करोड रुपैयाँ चालु आवको फागुनसम्ममा भुक्तानी गरेको छ । सरकारले पछिल्लो आठ महिनामा १ खर्ब ६३ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण र ५५ अर्ब ५५ करोड रुपैयाँ बाह्य ऋण थप गरेको तथ्याङ्कले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्