एमालेमा पसे थुलुङ दुधकोशी देउसा रनेमका आधा दर्जन कांग्रेस कार्यकर्ता
काठमाडौं।थुलुङ दुधकोशी गाउँपालिकाका आधा दर्जन भन्दा बढी नेपाली कांग्रेसका कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।

नेकपा एमाले थुलुङ दुधकोशी वडा नं- ८ वडा सम्पर्क मञ्चले राजधानी काठमाडौंको धोबिचौरमा शनिबार आयोजित पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एबम् प्रतिनिधिसभा सदस्य मानबीर राई र थुलुङ दुधकोशी गाउँपालिका कमिटी अध्यक्ष भुपालसिं राईले नवप्रबेशीहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो।
वडा मञ्च संयोजक शिशिरदेव किराँतीको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेपाली कांग्रेस थुलुङ दुधकोशी गाउंपालिका वडा नं-८ का सचिव सुरज राई ,तेम्लोबाया टोल सुधार समिति सचिव अर्जुन राई, भद्र बिश्वकर्मा र गणेश राई लगायत नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नु भएको सो कार्यक्रमका सञ्चालक रजन किराँतीले जानकारी दिनुभयो।
कार्यक्रममा जिल्ला कमिटी सदस्य आङबाबु राई , नेकपा एमाले सोलु- काठमाण्डौं सम्पर्क मञ्च उपाध्यक्ष गोम थुलुङ ,ब्यवसायी समेत रहेका नेकपा एमालेका युवा नेता इन्द्रकुमार राई , अनेरास्ववियु १२औँ जिल्ला सम्मेलन आयोजक समिति सदस्य देवचन्द्र राई लगायतको उपस्थिति रहेको बताइएको छ ।
सो कार्यक्रममा लामो समयदेखि सक्रिय रहेर पार्टीमा योगदान पुर्याउनु भएका अंगत बहादुर राई र डाक बहादुर राईलाई कदर पत्रले सम्मानित गरिएको राइले बताउनुभयो। (शीर्षक सम्पादन गरिएको)