अनेमसंघ नेचासल्यानमा नयाँ नेतृत्व



सोलुखुम्बु।नेकपा एमालेकाे जनवर्गीय सङ्गठन अखिल नेपाल महिला संघ नेचासल्यान गाउंँपालिका कमिटी गठन गरिएको छ।

आइतबार सम्पन्न अधिवेशनवाट प्रेमकुमारी बास्ताेलाकाे अध्यक्षतामा २४ सदस्यीय कमिटी गठन गरिएको जिल्ला सम्मेलन आयोजक कमिटी संयोजक मोहन कुमारी कार्कीले जानकारी दिइन।

कमिटीको उपाध्यक्षमा जसिता राई,सचिवमा मनिता विशङ्खे
सहसचिवद्वयमा गाेमा ढुङ्गेल र लक्ष्मी श्रेष्ठ र काेषाध्यक्ष सुस्मिता राई चयन भएका छन्।

कमिटीका सदस्यहरुमा रेनुका कटेल,रिता बास्ताेला,कमला विक,शान्ता भण्डारी ,चन्द्र कुमारी राई,मिना खनाल,मुनादेवी दाहाल, गंगा नेपाली ,टायम कुमारी बास्ताेला छन्।

यसैगरी, हुमला खनाल,डुका कटेल,आशा राई,कृष्ण कुमारी घिमिरे ,चाेलिना कटेल,आइती राई,प्रविना राई,दुर्गा बास्ताेला र निशा धमला सदस्य रहेको कार्कीले जानकारी दिइन।

अनेमसंघ सोलुखुम्बु जिल्ला कमिटीको अधिबेशन यही चैत ३ गते सदरमुकाम सल्लेरीमा हुंदैछ।

प्रतिक्रिया दिनुहोस्