अनेमसंघ सोलुखुम्बु जिल्लाको पाँचौ जिल्ला सम्मेलन चैत ३ गते हुने
सोलुखुम्बु। अखिल नेपाल महिला संघ (अनेमसंघ)सोलुखुम्बु जिल्ला सम्मेलनको तयारीमा जुटेको छ।नेकपा एमालेका जनसंगठनहरुले जिल्ला सम्मेलनलाई तीब्रता दिइरहेका बेला अनेमसंघ सोलुखुम्बु आगामी चैत ३ गते जिल्ला सम्मेलन आयोजना गर्न लागेको आयोजक समितिका संयोजक मोहन कुमारी कार्कीले जानकारी दिइन।

अनेमसंघ सोलुखुम्बुको यो पाँचौ जिल्ला सम्मेलन हो।सम्मेलनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै भावी रणनीति र कार्यक्रम तय गर्ने कार्कीको भनाई छ।
सम्मेलनमा सात वटा गाउँपालिकाका प्रत्येक वडाबाट एकएक जना र नगरपालिकाका वडाबाट दुई दुई जना प्रतिनिधि सहभागी हुनेछन्।सम्मेलन आयोजक कमिटीका सदस्यहरु स्वत प्रतिनिधि हुने ब्यबस्था मिलाईएको संयोजक कार्कीले बताइन।
सम्मेलनमा अनेमसंघका केन्द्रीय सचिब तथा कोशी प्रदेश कमिटी इन्चार्ज बीनादेवी राई आउने कार्यक्रम तय भएको छ।नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य मानबीर राई,प्रदेश र जिल्लास्तरीय नेताहरु उपस्थित हुने बताईएको छ।
जिल्लाका सातवटा गाउँपालिका र अधिकांश वडामा कमिटी गठन गरिसकेको सो संगठनले आइतबार नेचासल्यान गाउँपालिका गठन गर्न लागेको संयोजक कार्कीले जानकारी दिइन।

