नारीहरुप्रतिको सम्मान नै सभ्य र सुसंस्कृत समाज निर्माणको आधार : कांग्रेस सभापति शेर्पा



सोलुखुम्बु ।नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले नारीहरुप्रतिको सम्मान नै सभ्य र सुसंस्कृत समाज निर्माणको आधार भएको बताएका छन्।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुक्रबार सोलुदुधकुण्ड नगरपालिकामा आयोजित कार्यक्रममा सोही नगरपालिकाका प्रमुख समेत रहेका सभापति शेर्पाले सो कुरा बताएका हुन्। राज्यका हरेक क्षेत्रमा महिलाको सहभागिता सुनिश्चित गर्दै उनीहरूको योगदानको कदर गर्न सकेमात्र नारीपुरुष बराबर भन्ने नारा वास्तविक रूपमा स्थापित हुने उनको भनाई थियो।उनले सोलुदुधकुण्ड नगरपालिकाले महिलाको सीप र क्षमतालाई अविबृद्धी गर्ने अभिप्रायले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिंदै नारी दिवसका अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका थिए।

सोलुदुधकुण्ड नगरपालिका उपप्रमुख गान्धीमाया तामाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत मनतब्य व्यक्त गर्दै सोलुदुधकृण्ड नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कोपिला राईले नारी दिवसका अवसर आयोजित कार्यक्रमले मात्र महिला हिंसा नघट्ने र सबै सम्बन्धित निकाय र स्वयं आफु लागि पर्नु पर्नेमा जोड दिएकी थिइन।

नगरपालिकाकाद्वारा जनजागृति आधारभुत विद्यालयको प्रागणमा आयोजित कार्यक्रममा नृत्य, बेलुन डान्स, डोरी तान्ने खेल लगायतका प्रतियोगिता सञ्चालन भएको थियो ।

जसमा नृत्यतर्फ जिमी राई समुह प्रथम, प्रगति महिला समुह दोश्रो भएका छन् भने वाईट हिल्स समुह तेश्रो भएका छन् । त्यस्तै पेरना सम्रह सान्तोना भएका छन् । बेलुन डान्सतर्फ मिना र देबिका तामाङ प्रथम भए । 

डोरी तान्ने खेलमा नगरपालिकाका कर्मचारीहरु र विभिन्न जनप्रतिनिधीहरुको समुह ए र बी बनाएर खेलाईएको थियो । उक्त खेलमा समुह बी प्रथम भएको थियो।

प्रतिक्रिया दिनुहोस्