राष्ट्रिय युवा संघ सोलुखुम्बुको ९ औं जिल्ला सम्मेलन सम्पन्न,अध्यक्ष भए कट्वाल



सोलुखुम्बु।राष्ट्रिय युवा संघ सोलुखुम्बुको ९औं जिल्ला सम्मेलनले खिलबहादुर कट्वालको अध्यक्षतामा ३२ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।

प्रतिनिधिसभा सदस्य समेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य मानबीर राईको प्रमुख आतिथ्य सदरमुकाम सल्लेरीमा शुक्रबार सम्पन्न भेलाले कट्वालको अध्यक्षतामा नयाँ जिल्ला कमिटी चयन गरेको हो।

कमिटीको उपाध्यक्ष उपाध्यक्षमा प्रमोद श्रेष्ठ ,सचिवमा दिपक राई, उप-सचिवद्वयमा फुनुरु शेर्पा,आकाश कुलुङ र कोषाध्यक्षमा अर्जुन रोक्का चयन भएको राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य एबम् जिल्ला सम्मेलन आयोजक कमिटीका संयोजक प्रवेश किराँतीले जानकारी दिए।

कमिटीमा भूगोलतर्फ सोलुदुधकुण्डबाट बिमल थापामगर ,पोषण श्रेष्ठ, काजी तामाङ र लाक्पा तामाङ, लिखुपिकेबाट अम्बिर बस्नेत र पेम्बा तामाङ,माप्यदुधकोशीबाट चन्द्रकुमार रानामगर र बिराज रजान मगर,जाङ्बु राई,थुलुङदुधकोशीबाट रजन राई र रश्मि राई सोताङबाट प्रशुराम राई र दिपक बिक नेचासल्यानबाट भीषण किराँती र रोशन कटेल,महाकुलुङबाट इशानी कुलुङ राई र मिथुन राई तथा महिलाबाट सम्झना र बिन्दु मगर,उत्पीडितबाट तिलक घिमिरे र राजकुमार बिकलगायत सदस्य रहेका छन्।

सम्मेलनमा राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसी,नेकपा एमालेका नेता तथा कोशी प्रदेशका पूर्बमन्त्री बुद्धिकुमार राजभण्डारी,नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य महेश किराँती,सुर्यकुमारी सुनुवार,जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला,उपाध्यक्ष हर्क नाछिरिङ, सचिब आशकुमार राई ‘शिशिर’,युवा संघ सोलुखुम्बु जिल्ला इन्चार्ज वीर उदास श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

नवनिर्बाचित अध्यक्ष कट्वाल लगायत पदाधिकारी र सदस्यहरुलाई आजै सपथ गराईएको थियो।सम्मेलनको पूर्बसन्ध्यामा सो संगठनले कोशी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको थियो।जिल्ला बाहिरको एउटा टिम र सोलुखुम्बुभित्रबाट ७ टिमले भाग लिएको सो प्रतियोगिताको समापन पनि आजै गरिएको छ।

प्रतिक्रिया दिनुहोस्