नेपाल विद्यार्थी संघमा महाधिवेशनको माग गर्दै संस्थापन इतर समूहको ज्ञापन



काठमाडौं।नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको संस्थापन इतर समूहले तत्काल महाधिवेशन गर्नुपर्ने माग अघि सारेको छ।अध्यक्ष दुजाङ शेर्पाले अवैधानिक तथा मनोमानीपुर्ण साङ्गठनिक गतिविधि सञ्चालन गरेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएको संस्थापनइतर समूहले नेविसंघभित्र विधिको शासन,आन्तरिक एकता र आन्तरिक लोकतन्त्रको प्रत्याभूत गर्न महाधिवेशन निर्बिकल्प रहेको भन्दै त्यसका लागि इमान्दार प्रयास गर्न नेतृत्वको ध्यानाकर्षण गराएको छ।

संस्थापनइतर समूहले सोमबार नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई ज्ञापन पत्र बुझाउँदै सो ध्यानाकर्षण गराएको हो।नेविसंघले केहि दिन अघि बोलाएको केन्द्रीय समिति बैठकमा अनुपस्थित रहेको संस्थापनइतर समूह संस्थागत निर्णयमार्फत् महाधिवेशनको वातावरण बनाउन आग्रह गर्दै नेविसंघको पूर्ण कार्यसमितिको बैठकको मागसमेत गरेको छ ।

संस्थापन इतरसमूहले अध्यक्ष शेर्पालाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ,-‘संगठनलाइ विधिविधान विपरित मनोमानीपुर्ण ढंगवाट चलाउने र राजिनामा माग गरेर पुन तदार्थाबादकै गोलचक्करमा फसाउने दुबैखाले अतिवादविरुद्ध दृढतापुर्वक उभिदै फरक मत र असहमतिहरुलाई नेविसंघ केन्द्रीय समितिको पूर्ण वैठकमा नै बुलन्द गर्दै सम्बादमार्फत सम्पूर्ण विवादहरु निरुपण गरी, सस्थागत निर्णयमार्फत महाधिवेशनको बाताबरण तयार गर्न नेविसंघ अध्यक्षज्युलाई हार्दिक आग्रह गर्दछौं ।’

पार्टी म्यान्डेट विपरित गरेका सम्पूर्ण मनोनयनहरु पुर्ण खारेज गरी समन्यायिक निर्णय हुनुपर्छ भन्ने आफुहरुको अडान रहेको उल्लेख गर्दै ज्ञापनपत्रमा भनिएको छ-‘नेविसंघ केन्द्रीय समितिको गठनसँगै केन्द्रीय अध्यक्षले विधान र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले दिएको निर्देशनविपरित आजका मितिसम्म गरेका एकलौटी, अवैधानिक तथा मनोमानीपुर्ण साङ्गठनिक गतिविधिप्रति हाम्रो प्रष्ट असहमति छ।

प्रतिक्रिया दिनुहोस्