महाकुलुङमा सामुदायिक लघुवित्तले आयोजना गर्‍यो बित्तीय साक्षरता सम्बन्धि कार्यक्रम



सोलुखुम्बु।सामुदायिक लघुवित्त वित्तीय संस्था शाखा सोताङको आर्थिक तथा प्राबिधिक सहयोग र नेले,सोताङ शाखा कार्यालयको आयोजनामा हालै महाकुलुङमा बित्तीय साक्षरता सम्बन्धि एक दिने कार्यक्रम सम्पन्न भएको छ।

स्थानीय जनतामा आय आर्जन, बचत,ऋण, बीमा,शेयर लगायत बित्तीय साक्षरता सम्बन्धीको आधारभुत ज्ञान प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको संस्थाका शाखा प्रमुख थिर प्रसाद कट्टेलले जानकारी दिए।

पालिका अध्यक्ष सुर्यबहादुर कुलुङले उद्घाटन गरेको वित्तीय साक्षरता कार्यक्रमको सहजीकरण गर्दै केन्द्रीय कार्यालय अनुगमन बिभाग प्रमुख सुमन दनुवारले आम्दानी,बचत ऋणको कारोबार कसरी गर्ने,साक्षी जमानी,संस्था र लघुवित्तीय कार्यक्रमबारे जानकारी गराएका थिए।

कार्यक्रममा पालिका उपप्रमुख विपना कुलुङ,संस्था कम्पनी सचिब शङ्कर गुरुङ, निमित्त प्रमुख कार्यकारी अधिकृत बेलुमाया मगर,सोताङ शाखा कर्मचारी बिष्णु कुमार राई, सुनिता बस्नेत, सुरक्षाकर्मी लगायत ५० जनाको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्