सुडालको थाकलमठमा निःशुल्क स्वास्थ्य शिविर,७ सय बढी लाभान्वित



मन्दिरा अधिकारी,भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालको थाकलमठस्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ३२ जना लाभान्वित भएका छन् ।

भक्तपुर विकास सहयोग सङ्घको आयोजना तथा मातृका आई फाउन्डेसनको सहयोगमा संचालित आँखा तथा दाँत सम्बन्धि
सो नि:शुल्क शिविरमा डा.कृष्ण कुमार धनकोटी नेतृत्वको टोलीले आँखा सम्बन्धि र डाक्टर ग्रेस जोशीको नेतृत्वको टोलीले दन्त सेवा प्रदान गर्नुभएको सङ्घका अध्यक्ष राजु मृगेन्द्र जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आँखा शिविरमा ३५६ जनाले सेवा प्राप्त गर्नुभएको थियो । जसमा १६ जनाको मोतिविन्दुको समस्या देखिएको छ । मोतिविन्दुको निःशुल्क अपरेसन समेत सङ्घले नै गरिदिने उहाँले जानकारी दिनुभयो ।यस्तै,दन्त शिविरबाट भने ३७६ जनाले सेवा प्राप्त गरेको जोशीले जानकारी दिनुभयो ।

सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको उक्त शिविरमा स्काउट भक्तपुरका विद्यार्थीहरूले स्वयंसेवा प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्