प्रधानमन्त्री प्रचण्डसंग चिनियाँ उपमन्त्रीको भेटवार्ता, ओली र नेपाललाई पनि आजै भेट्दै
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनिया कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानबीच शिष्टाचार भेट भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भेट भएको हो। यस क्रममा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले जानकारी दिए।
नेकपा माओवादी केन्द्रको निमन्त्रणामा चिनियाँ टोली चारदिने नेपाल भ्रमणका लागि चिनियाँ टोली शुक्रबार काठमाडौँ आइपुगेको हो। चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले शनिबार विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेट गर्ने कार्यक्रम छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपालसँग चिनियाँ टोलीले शनिबार नै भेट्ने कार्यक्रम छ।कांग्रेस सभापति शेरबहादुर देउवासँग भने चिनियाँ टोलीसँग सोमबार भेट गर्ने कार्यक्रम छ।
चिनियाँ टोलीले आइतबार भने माओवादी नेताहरुसँग छलफल गर्ने कार्यक्रम छ। चिनियाँ टोली मंगलबार फर्कने कार्यक्रम छ।

