नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट खगराज भट्ट ‘आउट’
काठमाडौं । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई नेता चयन गरिएको छ।

शुक्रबार दलको बहुमत ६ जना सदस्यले भट्टलाई हटाएर धामीलाई दलको नेता चयन गरिएको उपनेता अक्कल रावलले जानकारी दिए ।
त्यसको जानकारी संसद् सचिवालयलाई गराइएको उनको भनाइ छ । भट्टले प्रभावकारी भूमिका निभाउन नसकेको आरोप बहुमत सदस्यको छ ।
असन्तुष्ट समूहले दलको नेता परिवर्तन गर्न पार्टी केन्द्रलाई आग्रह गरेका थिए । तर सुनुवाइ नभएकाले दलको नेता फेरिको रावलले बताए ।
रावलले चाडै बैठक बसेर प्रदेश सरकारबारे समेत निर्णय लिइने बताए । धामीको अध्यक्षतामा बसेको बैठकमा ६ जना प्रदेशसभा सदस्यको उपस्थित थिए ।

