यी हुन राष्ट्रियसभा सदस्यमा निर्बाचित उम्मेदवार, कस्ले कति पाए मतभार?



कोशी प्रदेश
कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कृष्ण प्रसाद सिटौला विजयी भएका छन् ।सिटौलाको कुल ५२९२ मतभार छ।यस्तै एमालेबाट बिजयी महिलातर्फकि रुक्मिनी कोइरालाले ५ हजार ८६ मतभार प्राप्त गरेकी छन्।

गण्डकी प्रदेश
राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र माओवादीबाट पर्वकी मनरुपा शर्मा निर्वाचित भएका हुन् ।श्रेष्ठले ३ हजार ८०८, मनरुपाले ३ हजार ६६० र परियारले ३ हजार ७७९ मतभार पाए ।

लुम्बिनी प्रदेश
राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट गठबन्धनका उम्मेदार विजयी भएका छन्। आजै भएको निर्वाचनपछि भएको मतगणनामा  महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्।सुवेदी ५ हजार ४३५ मतभार र सापकाेटा ५ हजार ४३५ मतभार छ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका तीन जना निर्वाचित भएका छन् । ४ हजार ४५३ मतभार ल्याएर महिलातर्फबाट माओवादीकी रेनु चन्द विजयी भएकी छन् । त्यस्तै, अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट  ४ हजार ४१९ मतभार पाएर निर्वाचित भएका छन् भने अन्यतर्फ कांग्रेसका बलदेव बोहराले ४ हजार ३४७ मतभार पाएका छन ।

बागमती प्रदेश
राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेश दलिततर्फ नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा रिजाल ६५१२ मतभारसहित विजयी भएका हुन् भने महिला कोटातर्फ कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी भएकी छन् ।आज भएको निर्वाचनमा पुडासैनी ६६२२ मतभारसहित विजयी भएकी हुन् ।बागमतीकै अन्यतर्फ कांग्रेसका जितजंग बस्नेत विजयी भएका छन् । बस्नेतले ६५३१ मतभारसहित विजयी भएका हुन् ।

मधेस प्रदेश
मधेस प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बिहीबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत सम्पन्न मतगणना अनुसार गठबन्धनका उम्मेदवार आनन्द ढुंगाना र जसपाका पूजा चौधरी विजयी भएका हुन्।ढुंगानाले ७ हजार ३७० र चौध ७ हजार ९२३ मतसहित विजयी भएका हुन् ।ढुंगानाले ७ हजार ३७० र चौधरीले७ हजार ९२३ मत

कर्णाली प्रदेश 

नेपाली काँग्रेसबाट  उम्मेदवार बनेका रूकुमपश्चिमका कृष्णबहादुर रोकाया, महिलातर्फ एकीकृत समाजवादीका उम्मेदवार दैलेखकि सावित्री मल्ल र दलिततर्फ माओवादी केन्द्रका उम्मेदवार कालिकोटका विष्णुबहादुर विक विजयी भएका छन् ।रोकायले १ सय ५०, मल्ल र विकले समान १४४-१४४ मतभार प्राप्त गरेका छन्। ल्याइ विजयी भएका हुन ।

 

प्रतिक्रिया दिनुहोस्