एमालेले कोशीमा फेरि मार्यो बाजी
मोरङ।राष्ट्रिय सभा सदस्य निर्वाचनमा यसपटक पनि नेकपा एमालेले बाजी मारेको छ।सत्तागठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकि चम्पा कार्कीलाई हराउँदै महिलातर्फ रुक्मिनी कोइरालालाई राष्ट्रियसभा सदस्यमा निर्बाचित गराएर एमालेले फेरि एक पटक बाजी मारेको हो।

निर्वाचन अधिकृतको कार्यालयले औपचारिक जानकारी दिन बाँकी रहे पनि कोइरालाले ५ हजार ८६ मतभार हासिल गरेकी छन्।
उनकी प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले ४ हजार ९ सय ९२ मतभार हासिल गरेकी छन्।यस अघिको राष्ट्रियसभा निर्बाचनमा पनि कोशीमा तत्कालीन सत्तागठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा राष्ट्रियसभा सदस्यमा निर्बाचित भएका थिए।

