मधेस प्रदेश सरकारबाट बाहिरियो जनमत



काठमाडौँ। डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ।

मंगलवार पार्टीको मधेश प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारबाट बाहिरिएको हो।यो निर्णयसंगै मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष आजै राजीनामा बुझाएका हुन्।

सरकारले जनमुखी काम नगरेको र बिनाविभागीय मन्त्री बनाउने, जनमुखी काम गर्दा बाधा अड्चन गर्ने, बारम्बार मन्त्रालय फुटाउने र आफूहरूको मातहतका मन्त्रालय एकल ढंगले चलाउने गरेको उनीहरूको आरोप छ। सरकारको एकवर्षे कार्यकालमा जनताले सरकार भएको अनुभूति गर्न नसकेको बताए।

जनताका काम गर्न नदिएपछि आफूहरू सरकारमा बस्न उचित नभएको जनमतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्