झण्डै ७ सय सक्कली बिरामीको उपचार गर्ने नक्कली डाक्टर पक्राउ



काठमाडौं।त्रिभुवन बिश्वविद्यालय शिक्षण अस्पतालको डाक्टरको नक्कली परिचयपत्र देखाएर उपचारका नाममा सर्बसाधारणलाई लुट्दै आएका एक ब्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा विराटनगर–२ घर काठमाडौंको बाँसबारी बस्दै आएका सम्बुद्ध भट्टाचार्य छन।अपराध अनुसन्धान बिभागको टोलीले सोमबार उनलाई पक्राउ गरेको हो।परेका नक्कली डाक्टर भट्टचार्यलाई प्रहरीले पत्रकार सम्मलेन गरेर सार्वजनिक समेत गरेको छ।

नक्कली प्रमाणपत्रका आधारमा बिरामीको उपचारमा संलग्न उनले अहिलेसम्म झण्डै ७ सय जनाको उपचार गरिसकेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाई छ।उनले धौलाधिरी पोलिक्लिनिक खोलेर बिरामीको उपचार समेत गराउने गरेको पाइएको छ।(सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्