नेचासल्यानका एन्जलले जर्जियामा हात पारे ‘ग्राण्ड प्रीक्स ट्यालेण्ट’को उपाधी



काठमाडौं।जर्जियाको राजधानी तिब्लिसीमा आयोजित वर्ल्ड राईजिङ स्टार-2024 प्रतियोगितामा नेपालका एन्जलबाबु कटेलले ‘ग्राण्ड प्रीक्स ट्यालेण्ट’को उपाधी हात पारेका छन्।

आइतबार राती सम्पन्न प्रतियोगितामा सोलुखुम्बुको नेचासल्यान वडा नं-३ स्थायी घर भएका कटेलले सो अवार्ड प्राप्त गरेका हुन्। शुक्रबारबाट सुरु सो प्रतियोगितामा आफ्नो उमेर समूहका ३६ प्रतिस्पर्धीलाई पछि पार्दै उनले सो उपाधी हात पारेका थिए।

उनी गीत,नृत्य र अभिनयको क्षेत्रमा काम गर्दै आएको परिबर्तन इभेन्ट हाउसद्वारा आयोजित डिएसए स्टारका बिजेता हुन्।गत बर्ष भएको प्रतियोगितामा उनले गायन क्षेत्रबाट सांगीतिक स्टार बनेका थिए ।

११ बर्षीय एन्जल राजधानी काठमाडौंको धुम्बाराहीस्थित साईपल एकेडेमीमा कक्षा ५ मा अध्ययनरत छन्।

प्रतिक्रिया दिनुहोस्