वरिष्ठ पत्रकार भण्डारीलाई ‘गोबिन्द वियोगी पत्रकारिता पुरस्कार’ प्रदान गरिने



काठमाडौं। ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई प्रदान गरिने भएको छ।

सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष एवम वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा स्थापित सो पुरस्कार यस बर्ष योहो टेलिभिजनका समाचार प्रमुख भण्डारीलाई प्रदान गर्ने निर्णय भएको महासचिव श्यामकाजी डोटेलले जानकारी दिए ।

आइतबार बसेको समाजको केन्द्रिय समिति बैठकले गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार’ शरण उत्सव सापकोटालाई दिने निर्णय समेत गरेको उनले बताए।

आगामी शनिवार नुवाकोटको सुर्यचौरमा एक कार्यक्रम गरी सम्मानित व्यक्तिहरूलाई पुरस्कार हस्तान्तरण गरी सम्मान गरिने डोटेलले बताए । राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष कुलचन्द्र वाग्ले र एफ एम रेडियोमार्फत पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएको भन्दै मण्टेश्वरी राजभण्डारीलाई समाजले सम्मान गर्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्