आज कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना



काठमाडौं ।कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

​दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहनेछ।महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति देशका पहाडी भूभागमा आंशिक रही बाँकी भागको मौसम सफा रहनेछ।कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा सामान्य हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्