ललितपुरका यी क्षेत्रमा बिहान १० बजेदेखि काटिंदै बिजुलीको लाईन
काठमाडौं । ललितपुरका विभिन्न स्थानमा बिहान १० बजेदेखि ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।

चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले सो समयमा विद्युत आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरणको लगनखेल वितरण केन्द्रले जनाएको छ।काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएमा अगाडि नै लाइन सुरु हुनसक्ने केन्द्रको भनाई छ।
बितरण केन्द्रले जनाए अनुसार गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ नम्बर वडा ,लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका स्थानहरुमा पनि बिजुलीको लाइन काटिने छ ।

