कोशी प्रदेश मुख्यमन्त्री कार्कीको १ करोड ८ लाख २ हजार ऋण,सम्पत्ति कति ?



बिराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहित मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थायी ठेगाना भएका मुख्यमन्त्री कार्कीको बुढीगंगा र विराटनगरमा गरेर ७ वटा घडेरी छन् भने श्रीमती शान्तादेवी बस्नेतको नाममा बुढीगंगामा १ कठ्ठा १२ धुर जग्गा रहेको छ।

सम्पत्ति विवरण अनुसार सो जग्गाको मूल्य १ करोड ५६ लाख ९९ हजार बराबरको रहेको उल्लेख छ ।

यस्तै, उनको परिवारमा विवाह, उपहार तथा खरिद गरेको २५ तोला सुन र चाँदी ८० तोला रहेको उल्लेख छ । यस्तै, श्रीमती बस्नेतकै नाममा विभिन्न बैंकमा ७ लाख ९४ हजार रुपैयाँ नगद छ । सो रकम तलब भत्ता, बचत र व्याजबाट आम्दानी गरेको उल्लेख छ ।

यस्तै, विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्था तथा कम्पनीको सेयर आफ्नो, श्रीमती र परिवारको सदस्यको नाममा १ लाख ८७ हजारको रहेको छ भने कृषि विकास बैंकको हालको मूल्य ५ लाख ६३ हजार ४५६ मूल्य बराबरको २ हजार २७२ कित्ता रहेको छ । यस्तै, १ करोड ८ लाख २ हजार ऋणमध्ये मुख्यमन्त्री कार्कीले ८ लाख ७० हजार मात्रै तिरेको उल्लेख गरेका छन् । श्रीमती बस्नेतको नाममा ३ लाख १८ हजारको एक थान स्कुटर मात्र रहेको उल्लेख छ ।

विराटनगरको सबै जग्गा विभिन्न ठाउँको जमिन बिक्रीबाट खरिद गरेको कार्कीले खुलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्