नेचासल्यानमा बिज्ञान शिक्षक समाजको कार्यसमिति गठन
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।जिल्लाको नेचासल्यान गाउँपालिकामा कार्यरत विज्ञान शिक्षकहरुको भेलाले बिज्ञान शिक्षक समाज नेपाल (STAN) नेचासल्यान गाउँपालिका कार्यसमित गठन गरेको छ।

जिल्ला संयोजक सीताराम फयलको उपस्थितिमा केदार माध्यमिक विद्यालयमा बुधबार सम्पन्न भेलाले टेकप्रसाद कटेलकाे अध्यक्षतामा सर्बसम्मत रूपमा सो समाज गठन गरेको हो। ९ सदस्यीय समाजको उपाध्यक्षमा सपना शर्मा सचिवमा श्याम कुमार शाह,सह-सचिवमा सुभास अधिकारी र कोषाध्यक्षमा पुनम मुखिया छन्।सदस्यहरुमा विशेष राउत लक्ष्मी बास्तोला, सरिता कटेल, शिवचन्द्र दास,राजेश्वर प्रसाद शाह रहेको अध्यक्ष कटेलले जानकारी दिए।
समाजले बिज्ञान शिक्षकहरुको क्षमता अभिबृद्दी, स्थानीयस्तरमा बिज्ञान प्रबिधि सम्बन्धी खोज,अनुसन्धान तथा प्रदशनीका साथै पाठ्यक्रम सम्बन्धि प्रबोधिकरण गर्ने अध्यक्ष कटेलको भनाई छ ।

