लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो क्याविनेट मिटिङ बागलुङमा हुने



काठमाडौं।लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो क्याविनेट मिटिङ बागलुङमा हुने भएको छ।

यही माघ २६ र २७ गते हुने तेस्रो क्याविनेट मिटिङको होस्टका लागि धार्मिक पर्यटकीय गन्तव्यको रुपमा निकै नै ख्याती कमाएको बागलुङ कालिका मन्दिर, पञ्चकोट, एशियाकै लामो गण्डकी गोल्डेन ब्रिज, शालिग्राम संग्राहालय रहेको बालुङबजारमा हुने कार्यक्रममा लायन्स क्लब अफ बागलुङ, लायन्स क्लब अफ बागलुङ आवाज, लायन्स क्लब अफ बागलुङ भगवती, लायन्स क्लब अफ बागलुङ ब्लु सेप, लायन्स क्लब अफ बागलुङ सिटिजन, लायन्स क्लब अफ बागलुङ सिटी, लायन्स क्लब अफ बागलुङ कालिगण्डकी, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथ, लायन्स क्लब अफ धौलागिरी बागलुङ, लायन्स क्लब अफ ढोरपाटन, लायन्स क्लब अफ बागलुङ प्रोफेशनल र लायन्स क्लब अफ बागलुङ युनियन क्लबलाई जिम्मेवारी दिइएको डिष्ट्रिक्ट गभर्नर लायन सुचित्रा थापाले जानकारी दिइन।

नेपालमा रहेका विभिन्न १५ वटा डिष्ट्रिक्ट मध्य यो डिष्ट्रिक्टको तेस्रो क्याविनेट मिटिङ हुन लागेको हो ।डिस्ट्रिक्ट अन्तर्गतका लायन्स प्रतिनिधिहरुले क्याविनेट मिटिङमा सहभागी हुन नाम दर्ता गराउने क्रम शुरु भएको रजिष्ट्रेशन कमिटीले जानकारी दिएको छ ।दुई दिनसम्म सञ्चालन हुने क्याविनेट मिटिङमा पिडिजीहरु, क्याविनेटका सिनियर साथीहरु, क्लवका अध्यक्ष र पदाधिकारी गरी १२ सय देखी १५ सयसम्मको हाराहारीमा लायन्स प्रतिनिधीहरुको सहभागीता रहने अपेक्षा गरिएको गर्भनर थापाले बताइन् ।

क्याबिनेट बैठकलाई भब्य र सब्य बनाउनको लागी १५ वटा विभिन्न बिधामा समिति गठन गरि क्याबिनेट मिटिङ्गको तयारी अगाडि बढाईएको मुल आयोजक समितिका संयोजक दुर्गा बहादुर कुँवरले बताए । संयोजक कुँवरका अनुसार मिटिङमा सहभागिता जनाउनको लागि धमाधम रजिष्ट्रेशन गराउने क्रम जारी रहेको छ ।

‘रजिस्टेसनको आधारमा विभिन्न उपहारको व्यवस्था समेत गरिएको छ । १५ जना देखि माथि रजिष्ट्रेशन गर्ने कुनै पनि क्लबलाई स्मार्ट रजिष्ट्रेशन अवार्डले सम्मान गर्ने तयारी समेत गरिएको छ । यसैगरी १०० ५ रजिष्ट्रेसन अवार्ड, हाईयेस्ट रजिष्ट्रेसन अवार्ड – एरियावाईज जेन्स क्लब, हाईयेस्ट रजिष्ट्रेसन अवार्ड – एरियावाईज लेडिज क्लब, एरियावाईज फस्ट रजिष्ट्रेसन अवार्ड, प्रभातफेरी रर्याली सम्बन्धी अवार्डहरु, लक्की ड्र सहभागी सम्पुर्ण लायन्सहरुका लागि ब्यवस्था गरिएको संयोजक कुँवरले बताए । क्याविनेट बैठक सम्पन्न गर्नका लागि पोखरा क्षेत्रमा रहेका बाग्लुङ, पर्वत, गण्डकीमा सम्पर्क अधिकारी समेत तोकिएको क्याबिनेट मिटिङ मूल आयोजक समितिका संयोजक कुँबरले बताए ।

प्रतिक्रिया दिनुहोस्