साहस उर्जाले गोरखा जिल्लामा अर्को जलविद्युत आयोजना निर्माण गर्दै
काठमाडौं।साहस उर्जा लिमिटेडले ३४१ मेगावाटको अर्धजलाश्ययुक्त बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ।

सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको पञ्चनमा सोलुखोला-दुधकोशी ८६ मेगावाट जलविद्युत आयोजनाको सफलतापूर्बक निर्माण सम्पन्न गरेको साहस उर्जाले गोरखा जिल्लामा अर्धजलाश्ययुक्त बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्ने गरि सम्झौता सम्पन्न भएको अध्यक्ष हिम पाठकले जानकारी दिए।
साहस उर्जाले सोलुखुम्बुमा सोलुखोला-दुधकुण्ड ८६ मेगावाटको सफल निर्माणसंगै गत बर्षको माघ २७ गतेबाट राष्ट्रिय प्रसारण प्रणाली जोड्न सफल भएको थियो।यो निजि क्षेत्रले निर्माण गरेको नेपालकै सबैभन्दा ठुलो विद्युत आयोजना हो।

