‘बञ्जी’ अर्थात जीवनकै साहसिक खेल



  • सुजन शर्मा

    मानिसले जीवनमा विभिन्न खेलहरु खेल्छन र आनन्द लिने गर्छन।जसमध्ये छुट्टै खालको खुसी,आनन्द र अनुभव हासिल गर्न सकिने खेल हो-‘बन्जी जम्प’। बन्जी जम्प शरिरमा डोरि सुरक्षित तरिकाले लगाएर आकाशे स्थानबाट हावाको माध्यममा हाम फाल्दै मनोरन्जन र आनन्न्द लिंदै खेलिने खेल हो। बिशेष गरि बाग्मती प्रदेश,सिन्धुपाल्चोक जिल्लाको हेलम्बुमा अवस्थित भोटेकोसी नदी बन्जीका लागि प्रख्यात छ।

संसारको तेस्रो (१६० मिटर) आकाशे उचाईमा रहको बन्जी जम्प राजधानी काठमाडौबाट ब्राहबिसे हुँदै ३ घण्टामा पुग्न सकिन्छ। काठमाडौबाट छोटो र यादगार भ्रमण गर्नेहरुका लागि यो ठाँउ उपयुक्त रहेको छ। उक्त बन्जी जम्पको सम्पुर्ण जिम्वेवारी र व्यवस्थापन ‘द लास्ट रिसोर्ट’ ले गरेको छ त्यसकारण बन्जीलाई ‘द लास्ट रिसोर्ट’ भनेर पनि चिन्न सकिन्छ।

नेपालमा बन्जी जम्पको शुरुवात गर्ने उदेश्यले यो रिसोर्टले वि. सं. २०५८ मा नदिमा झोलुङ्गे पुल निर्माण गरेको हो। पुलले नेपालमा बन्जी जम्पको प्रवेश मात्र नगरी स्थानीय बासिन्दाको आर्थिक जीवनस्तर पनि उकास्न महत्वपूर्ण भुमिका खेलेको छ भन्दा अत्तियूक्ति हुंदैन। पुलले १ घण्टा लाग्ने बाटोलाई १५ मिनेट छोट्याइदिएको छ।

ब्यक्तिगत रूपमा मैंले बन्जीलाई बारीका कान्लामा केटाकेटी हाम फाल्दै हिॅडेको भन्दा फरक ढंगले बुझेको थिइनँ। बन्जी मेरा लागि रबर जस्तै तन्किने डोरिले बलियो गरि बॅाधेर हाम फाल्नु मात्रै हो भन्ने मेरो बुझाइ थियो। तर एक मित्रले मलाई यो त एक हिसाबले तन्किने डोरिको सहायताले हाम फाल्ने र सॅगै पिङ खेल्ने बिशेष खेल हो भन्ने जानकारी गराए ।

उनको कुराले मेरो मनको कुनामा सुषुप्त बसेको बाल्यकालको बारिका पाटामा हाम फालेको र दशैँमा पिङ खेलेको अनुभव एकैचोटी पुरा हुने खेल ‘बञ्जी’ रहेछ भन्ने कुराले पुलकित बनायो र सॅगै बन्जी हान्ने रहर पनि ह्वात्तै बढेर आयो।

बन्जी जम्प गर्ने साहससहित भोटेकोशी पुगेपछि त्यहाँको हावापानी, खोलाको बगाई, भाटेकोशीमा मिसिन झर्दै गरेका झर्नाका दृष्यहरु आकर्षक देखिन्छन्। प्राकृतिक छटा, बन्जी र मानव डरको त्रिकोणात्मक मानसिक द्वन्द्व भइरहेको अवस्थामा मैंले ‘बन्जी जम्प’ गर्ने निर्णय गरें र लागें त्यतातिर।

थ्री, टू, वान एण्ड बन्जी भनेपछि भोटेकोशी पुलबाट ‘बन्जी जम्प’ गर्नुपर्ने रहेछ। थ्री, टू वान एन्ड बन्जी भनेपछि थाहै नपाई तल झरेछु । तीन सेकेन्डका लागि यो डरको भीर भत्काउनै पर्छ । यसपछि शून्य दिमागले प्राकृतिक बन्जीको रोमाञ्चक सागर देख्छ, सागरमा डुबुल्की मार्दै नुहाईन्छ र डोरी समाउँदै तैरिएर फेरि अघिकै पुलको बन्जी प्लेटमा आइ पुगिन्छ ।

भोटेकोसी पुलको प्लेटमाथिबाट बन्जी जम्प स्टेजमा मस्ष्तिकले परिवार,देउता वा कुनै किसिमको केहि विचार सोच्न सक्दैन। खाली मात्र खाली । बन्जी जम्प गर्न सबै चिज त्यागेर नै हाम फाल्नु पर्छ। त्यति वेला केहि सोच्न सकिन्न। बन्जी जम्प गरेको ३-४ सेकेण्डमा १६० मिटरको पुल छोडेर भोटेकोशीको वगरमा पुगिन्छ। टाउको तल खुट्टा माथि तेर्सिएपछि महसुस हुन्छ-‘म धन्न बॅाचेछु।’
खुट्टामा बाँधेको डोरीलाई बन्जी ‘क्रु’ ले तीन पटक तल-माथि झट्काउँछन। पहिलो झट्काईमा आङ सिरिङ हुने नै भयो । दोस्रो झट्काइमा पिङ खेलेको अनूभूति गराउँछ र तेस्रो पटक पनि झट्काइन्छ । यति बेलासम्म टाउको तल, खुटा माथि नै हुन्छ । दुई हात दायाँ बायाँ फैलाउनुपर्छ भनेर बन्जी ‘क्रु’ सुजन महर्जनले जानकारी दिइसकेको थिए । तेस्रो पटकको झट्काइमा दाहिने खुट्टामा हुने रातो डोरि तानेपछि वल्ल सिधा भइने रहेछ । त्यसपछि माथि पुलवाट एउटा डोरि आउने रहेछ त्यसलाई छातिमा अट्काउने र त्यसपछि मैले काम सकिसकेपछि माथि ल्याउन दुवै हात फैलाएपछि बन्जि ‘क्रु’ ले माथि ल्याउँदा रहेछन्।

आकाशमा चिल उडे झैं भोटेकोसीमाथिको बन्जी जीवनकै साहसिक जीतको खेल हो।बन्जी प्लेटबाट फेरि तल फर्किएर हेर्दा, डरमाथि जीतको भोटेकोशी सुसाइरहेको आभास हुन्छ।बन्जी जम्पपछिको अनुभूति एउटा पुस्तक नै हो । जहाँ प्रकृतिसँगको खेलमा एउटा सानदार जीत पाएको अनुभूति हुन्छ।

प्रतिक्रिया दिनुहोस्