राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धि अध्यादेश जारी, पाँचवटा अझै शितल निवासमै थन्किए



काठमाडौँ,१८ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेका छन्।

मन्त्रिपरिषद्ले शुक्रबार सिफारिश गरेको आठौँ अध्यादेश राष्ट्रपतिले जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए। सरकारले पठाएका आठ अध्यादेशमध्ये अहिलेसम्म तीनवटा जारी भएका छन् भने पाँचवटा शीतलनिवासमै अड्किएका छन्।

संवैधानिक निकायका पदाधिकारीको नियुक्तिको सिफारिसका लागि बस्ने बैठक सम्बन्धी कार्यविधिलाई व्यवस्थित गर्ने उद्देश्यका साथ संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न अध्यादेश,विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश (जसअन्तर्गत २० वटा ऐन संशोधन हुनेछन्), भूमि, जग्गा नापजाँच, मालपोत, शिक्षा, वन, स्वास्थ्य, निजामती र बिमा लगायतका कानुनमा देखिएका अवरोध हटाउने अध्यादेश),सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश अझै राष्ट्रपति पौडेलले जारी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्