डा. श्यामप्रसाद न्यौपानेका चार मुक्तक
।।१।।
संसारभरि एकैनासका शहर हुँदैनन्
हरेक नदीमा एकैनासका बगर हुँदैनन्
फूलको आँखामा फूलै पो कसरी भन्नू
आफ्नै औँला पनि सबै बराबर हुँदैनन्
।।२।।
आडम्बरबाट अङ्कुराएको सदाचार पनि देखियो मज्जाले
किन यसरी सम्मान भइरहेछ तारन्तार पनि देखियो मज्जाले
भन्न त मेरो लागि सबै बराबर भन्थे उनले हृदय खोलेर तर
भगवान् ठानिएकाको शकुनीव्यवहार पनि देखियो मज्जाले
।।३।।
सुटबुट लाउँदैमा भलाद्मीमा गनिन्छ; तिमीलाई कसले भन्यो
चर्को बोल्नेलाई जान्नेबुझ्ने भनिन्छ ; तिमीलाई कसले भन्योअसल बन्न त चरित्र निकै सुकिलो पो बनाउनुपर्छ महोदय
गेरुवा लाउँदैमा वाल्मीकि बनिन्छ;तिमीलाई कसले भन्यो
।।४।।
देश कहिले उँभो लाग्ला र ! यस्तो गतिले पनि
मति खुलेजस्तो लागेन प्रतिष्ठाको खतिले पनि
के कान गर्छौँ भनेका थिए सम्बन्धित विज्ञले तर
माखो मारेकै देखिएन स्वघोषित बृहस्पतिले पनि
सुनवल – १२ नवलपरासी