बनेपामा आजपाको नगर भेला सम्पन्न
बनेपा। आम जनता पार्टी (आजपा) ले काभ्रेका बनेपा नगरपालिकामा नगरभेला सम्पन्न गरेको छ ।

आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न भेलाका बक्ताहरुले पुराना पार्टीहरुसंग जनताको दूरी बढ्दै गएको बताउंदै जनसरोकारका बिषयलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएका थिए।आजपाले उठाउंदै आएको “किसानलाई पेन्सन तथा गरिबलाई आवासको व्यवस्था” को मागलाई पुरा गर्न सशक्त आन्दोलनको तयारी गर्नुपर्ने उनीहरूको भनाइ थियो।
माधवनारायण श्रेष्ठले अध्यक्षता सम्पन्न कार्यक्रममा आजपाका उपाध्यक्ष एवं पूर्व सभासद तिलक थापा, उपमहासचिब अरुण घिसिङ, धर्मेन्द्र सापकोटा, ज्ञानेन्द्र कुमार लगायतका नेताहरु सहभागी भएका थिए । नगर भेला काभ्रेको बनेपास्थित उग्रचण्डी पार्टी प्यालेसमा आयोजना भएको र उक्त भेलामा सयौं जुझारू कार्यकर्तासहित चर्चित कलाकारहरुको सहभागिता रहेको आजपाले जनाएको छ ।