किराँत राई पत्रकार संघ सोलुखुम्बुको अध्यक्षमा गार्डेन राई




सोलुखुम्बु।किरात राई पत्रकार संघ सोलुखुम्बुको अध्यक्षमा गार्डेन राईलाई चयन गरिएको छ । भदौ १७ गते शुक्रबार सल्लेरीमा सम्पन्न संघको चौथौ जिल्ला अधिवेशनले राईलाई अध्यक्षमा चयन गरेको छ।

राईको अध्यक्षतामा नवगठित समितिको उपाध्यक्षमा प्रदिप नाछिरीङ, सचिवमा सोनि राई, सहसचिवमा सविना राई र कोषाध्यक्षमा पवित्रा राई चयन भएका छन् ।
समितिको सदस्यहरुमा नविन राई र मिलनकला राई चयन गरिएको छ ।

किरात राई पत्रकार संघको पाँचौ महाधिवेशन भदौ ३१ गते काठमाडौँमा आयोजना हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्