साहित्यकार प्रमोद प्रधान लीलाध्वज स्रष्टा सम्मानले सम्मानित



काठमाडौ ।साहित्यकार प्रमोद प्रधान नगद दश हजारसहित लीलाध्वज स्रष्टा सम्मानले सम्मानित भएका छन।

लीलाध्वज थापा साहित्य प्रतिष्ठानको त्रैमासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले शनिबार सो सम्मान प्रदान गरेका हुन। सम्मान ग्रहण गर्दै प्रधानले लीलाध्वज थापाजस्तो प्रतिष्ठित साहित्यकारको नाउँबाट स्थापना भएको संस्थाबाट सम्मानित हुंदा आफू ज्यादै अनुग्रहित भएको बताउंदै स्व. लीलाध्वज थापा उहाँको उपन्यास मन,शान्ति ०२९ साल तिरै पढेको उल्लेख गर्दै नाटक, हांस्यव्यङ्ग्य,कविता र दाह्री निबन्धबारे चर्चा गरेका थिए।

बिपी,धनुषचन्द्र गोतामे,गोविन्द मल्ल गोठाले,पारिजात,विजयमल्लहरूसंग लीलाध्वज थापालाई तुलना गर्दै उनले तीनका मानक साहित्य पढ्न अनिवार्य रहेको धारणा राखे।थापाका उपन्यास संख्यात्मकभन्दा गुणात्मक भएको र मन उपन्यासले २०१४ सालमा नै मदन पुरस्कार पाउनाको साथै ज्यादै चर्चित भएको उल्लेख गर्दै त्यस्ता स्थापित स्रष्टाको नामको प्रतिष्ठानबाट सम्मानित हुँदा अत्यन्त खुशी लागेको बताउंदै उनले उनका सुपुत्र विजयजीले पनि आफ्नो पिताको प्रेरणाले कविता,नियात्रा , मुक्तक, गीत लेखेर नेपाली साहित्यको श्री वृद्धि गरेको भन्दै प्रशंसा गरे।

अग्रज साहित्यकार रामप्रसाद पन्तले कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै सम्मानित हुनुभएका साहित्यकार प्रमोद प्रधानका विषयमा प्रकाश पारेको सो कार्यक्रममा प्रा डा गोविन्दमान सिं कार्की,मुकुन्द न्यौपाने,उत्तम विचार,कुमार नेपाल,धरणीधर गुरागाईं,बद्री उप्रेती,माया उपाध्याय,दुर्गा अधिकारी भ्रमरकओटे,रुद्र अधिकारी,मदन नेपाल,मानन्धर अभागी, नवराज पोखरेल “नवशिला” सुरेश वैद्य, महेशप्रसाद रिजाल, रोशन पोखरेल,राजु गौतम,राजेशमान केसी,राधा कार्की,इन्दु पन्त,डी.आर.,सन्तोष श्रेष्ठ,राजबाबु श्रेष्ठ सागर,शम्भु प्रसाद गजुरेल,माधवलाल श्रेष्ठ,कल्पना काफ्ले, डिल्लीप्रसाद मुलतिउन,मनिला वन्त,शुशिला ढकाल,सुन्दर खडका,मीना आचार्य,इन्दिरा ढकाल,मुकुन्द पौडेल,सुचिता काफ्ले,जिज्ञासु पन्त,पूर्ण बहादुर श्रेष्ठ,माधव बिडारी,प्रकाश घायल,डा बम बहादुर जिताली,विरबहादुर लोहनी,टंक बहादुर लौडारी,एम पि पाण्डे,उमेश पाण्डे,अमृत भट्टराई,एन बी जनकपुरी,मोहन कार्की, वल बहादुर जितालीसमेत ४७ जना स्रष्टाले आ-आफ्ना रचना वाचन गरेका थिए ।

स्रष्टा उत्तम विचारले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको सो कार्यक्रमको अन्त्यमा अध्यक्ष थापाले अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्दै हालसम्म छयहत्तर अग्रज तथा विशिष्ट स्रष्टालाई स्रष्टा सम्मानले सम्मानित गर्न पाउँदाको खुशी व्यक्त गर्नुकासाथै उपस्थित सम्पूर्ण स्रष्टा प्रति हार्दिक आभार व्यक्त गरे । रचना वाचन गर्ने स्रष्टाहरूको रचनाको उच्च मूल्यांकन गर्दै कदर पत्र प्रदान गरिएको थियो।चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा भएको कार्यक्रममा साहित्यकार टंक अधिकारीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै रु ५०००/ सहयोग समेत उनले गरेका थिए ।

उक्त प्रतिष्ठान यसस्वी कवि तथा उपन्यासकार लीलाध्वज थापाको नाममा पारिवारिक स्रोतबाट स्थापना भएको संस्था हो ।

प्रतिक्रिया दिनुहोस्