शिक्षामन्त्री राईले गरे पत्रकार खालिङलाई सम्मान



काठमाडौं।युवा पत्रकार मिलन खालिङ राई सम्मानित भएका छन्।

काठमाडौंको महाराजगन्जस्थित शिबपुरी माध्यमिक विद्यालयको हिरक महोत्सवका अवसरमा प्रमुख अतिथि शिक्षा, बिज्ञान तथा प्रबिधिमन्त्री अशोक राई र विशिष्ट अतिथि नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले उनलाई सम्मानित गरेका हुन्।

सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका स्थायी बासिन्दा पत्रकार राई सोही विद्यालयका पूर्ब विद्यार्थी हुन्।हिरक महोत्सवका अवसरमा आ-आफ्नो क्षेत्रमा रहि समाजका लागी महत्वपूर्ण योगदान गरेका पूर्ब विद्यार्थीहरुलाई सम्मान गरिएको विद्यालयले जनाएको छ।

दर्जनभन्दा बढी मिडियामा आवद्ध भएर पत्रकारिता क्षेत्रको राम्रो अनुभव संगालेका पत्रकार राई हाल दाक्सु मिडियाका प्रबन्ध निर्देशक छन्।विद्यालयबाट प्राप्त सम्मानले थप जिम्मेवारी थपिएको आफुले महसुस गरेको बताउंदै उनले आउँदा दिनमा अझ मेहनतसाथ अघि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस्