नेपालमा राष्ट्रपति सबैको साझा हुन सक्दैन भन्ने फेरि प्रमाणित भयो : अध्यक्ष थापा
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति रामचन्द्र पौडेलले पदमा बस्ने नैतिक अधिकार गुमाएको बताएका छन् ।
कोसी प्रदेशमा मूख्यमन्त्री छान्ने प्रक्रियामा गठवन्धनको पक्षमा राष्ट्रपति पौडेल सक्रिय रहेको भन्दै पार्टी राजनीतिमा संलग्न पौडेललाई पदमा बस्ने नैतिक अधिकार नभएको बताएका हुन्।पौडेललाई तत्काल राष्ट्रपति पदबाट राजीनामा दिन आग्रह गर्दै अध्यक्ष थापाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्,- ‘नेपालमा राष्ट्रपति सबैको साझा हुनसक्दैन भन्ने फेरि प्रमाणित भएको छ।’
उनले भनेका छन-‘कोसी प्रदेशमा मूख्यमन्त्री छान्ने प्रक्रियामा गठवन्धनको पक्षमा राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियताले नेपालमा राष्ट्रपति सबैको साझा हुनसक्दैन भन्ने फेरि प्रमाणित भएको छ।पार्टी राजनीतिमा संलग्न पौडेललाई पदमा बस्ने नैतिकता छैन।तत्काल राजीनामा दिन रामचन्द्र पौडेललाई आग्रह गर्दछु।’