फेरि बरामद भयो चार केजी सुन,तीन जना पक्राउ



काठमाडौं । दोलखाको सिँगटीबाट चार किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ ।बुधबार राति इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले चार किलो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार सुनसहित तीन जना पक्राउ पनि परेका छन् ।यसबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन । इलाका प्रहरी कार्यालय सिंगटी स्रोतले भने सुनजस्तो देखिने चार पिस पहेंलो धातु बरामद भएको जनायो । उक्त पहेंलो धातु परीक्षणको क्रममा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्