सोनापुर मिनरल्स एन्ड आयलको आइपिओ असोज १४ गतेदेखि बिक्रि खुला हुने



काठमाडौं।सोनापुर मिनरल्स एन्ड आयलले यही असोज १४ गतेदेखि प्रिमियममा आईपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा आईपीओ बिक्री खुला गर्ने भएको हो। कम्पनीले कुल ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ ल्याउनेछ। जसमा स्थानीयलाई जारी गरिएको आईपीओमा बिक्री हुन बाँकी १४ लाख ३ हजार ५ कित्ता सेयर थप गरिएको छ।

यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।

सोनापुर मिनरल्सको आईपीओको निष्कासन बन्द छिटोमा असोज १७ गते र ढिलोमा असोज २८ गते बैंकिङ समयपछि हुनेछ।आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्