इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा भारत जांदै



काठमाडौं।प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्ली जाने भएका छन्। नयाँ दिल्लीमा यही असोज ८ देखि १० गतेसम्म हुने तेह्रौँ संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन उनी आगामी आइतबार त्यसतर्फ जान लागेका हुन्।

नेपाल सरकारको भदौ २३ गतेको निर्णयबमोजिम नियमितरूपमा सञ्चालन हुँदै आएको यस सम्मेलनमा प्रधानसेनापति सहभागी हुन लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । ।

सम्मेलनका क्रममा आयोजना हुने ४७औँ इन्डो–प्यासिफिम आर्मिज व्यवस्थापन गोष्ठीमा उपरथी योगराज शर्मा र महासेनानी वसन्तबहादुर गौतम सहभागी हुनेछन् । भ्रमण दलमा यसपटक सेना प्रमुख सुवेदार रत्नबहादुर थापामगर पनि संलग्न रहने निर्देशनालयले जनाएको छ ।

भारत र संयुक्त राज्य अमेरिकाका सेनाको सहआयोजनामा सञ्चालन हुने यसपटकको सम्मेलनमा सहभागी भई प्रधानसेनापतिको नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्कने छ ।

प्रतिक्रिया दिनुहोस्