शिक्षकहरुको आन्दोलन र बार्ता संगसंगै !



काठमाडौं।संघीय संसद्‌मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका कतिपय प्रावधानप्रति असहमति जनाउँदै काठमाडौंमा भेला भएका देशभरका शिक्षकहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन।

बिहान सरकारसंग बार्तामा बसेका शिक्षकहरुले खासै उपलब्धि हासिल नभएपछि दिउँसो आन्दोलनलाई अघि बढाएका हुन।नेपाल शिक्षक महासंघको अगुवाइमा पठनपाठन ठप्प बनाएर बुधबारबाट आन्दोलन सुरु गरेका उनीहरूले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन्।

बिहीबार काठमाडौंको माइतीघरबाटप्रदर्शन सुरु गरेका शिक्षकहरुले माइतीघरबाट बबरमहल, बिजुलीबजार हुँदै जुलुस बानेश्वरसम्म पुगेका थिए। संघीय संसद्‌ भवन रहेको बानेश्वर क्षेत्रलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र तोकेकाले प्रहरीले आन्दोलनकारी शिक्षकलाई एभरेस्ट होटल अगाडि नै रोकेको छ।

प्रहरीले अगाडी बढ्न नदिएपछि शिक्षकहरुलाई निषेधित क्षेत्रमा प्रवेश गर्नबाट रोक्न सडकमै तेर्स्याईएक ब्यारिकेमाथि बानेश्वरमा सडकसहित अन्य निर्माण कार्यका लागि प्रयोग भएका डन्डीको प्रयोग गरेर उनीहरुले प्रहरीको ब्यारिकेटमा प्रहार गरेका थिए।

यसअघि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री राई सम्मेलित सरकारी पक्ष र शिक्षकबीचको बिहीबारको वार्ता कुनै निष्कर्षमा पुग्न सकेको थिएन।वार्तामा सहमति नहुने भएपछि सरकारी पक्षले आन्दोलन मर्यादित र सभ्य बनाउन शिक्षकका नेताहरुलाई आग्रह गरेको थियो। गृहमन्त्री श्रेष्ठले निषेधित क्षेत्रमा प्रवेश नगर्न शिक्षक नेताहरुलाई आग्रह गरेका थिए।

तर, बिहीबार दिउँसो आन्दोलनमा उत्रिएका शिक्षकहरु भने निषेधित क्षेत्र प्रवेश गर्न खोजे। जसक्रममा बानेश्वरमा प्रहरी र आन्दोलनकारीबीच केही समय धकेलाधकेल समेत भयो।

प्रतिक्रिया दिनुहोस्