संबिधान दिवसका अवसरमा नेबिसंघ सोलुखुम्बुले गर्‍यो शुभकामना आदानप्रदान तथा चियापान



सोलुखुम्बु।संविधान दिवसको अवसरमा नेपाल विद्यार्थी संघ जिल्लाकार्यसमिति सोलुखुम्बुले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ।

नेपाली कांग्रेस पार्टी कार्यालय बसन्तबजार सल्लेरिमा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आथित्यता तथा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाको विशिस्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको नेबिसंघ सोलुखुम्बुका सचिब मोहनकृष्ण निरौलाले जानकारी दिए।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति शेर्पाले संबिधानलाई अझ ब्यबस्थित ढङ्गले कार्यान्वयन गर्न कांग्रेसले नै नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो ।

नेबिसंघ सोलुखुम्बुका अध्यक्ष नवीन बस्नेतको सभापतित्त्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य एवं सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धिमाया तामाङ,नेपाली कांग्रेसका कोषाध्यक्ष तेन्जिङ शेर्पा, नेपाली कांग्रेस सोलुखुम्बुका पुर्व सचिब एवं वर्तमान कार्यसम्पादन सदस्य चन्द्र आचार्य, प्रदेशसभा ‘ख’ का कोषाध्यक्ष सानुमाया राजभण्डारी लगायत नेबिसंघका नेता कार्यकर्ताहरुको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्