संबिधान जारी भएको आठ बर्ष पूरा,कार्यान्वयन नहुँदा जनतामा तीब्र असन्तुष्टि



काठमाडौं।संबिधानसभाबाट संबिधान जारी भएको आजबाट आठ बर्ष पुरा भएको छ।

०७२ असोज ३ गते आजकै दिन संविधानबाट संबिधान जारी भएको थियो।यस अवसरमा सरकारले विविध कार्यक्रम आयोजना गरेर देशभर संविधान दिवस मनाउँदैछ।

संविधान जारी भएको ८ वर्ष पुग्दा पनि यसलाई अझै संस्थागत गर्न सकिएको छैन।संस्थागत रूपमा यसको कार्यान्वयन हुन नसक्दा मुलुकमा अराजकता र भ्रष्टाचार बड्दै गएको छ। जसका कारण संबिधानप्रती नै जनतामा असन्तुष्ठि बढ्दै गएको छ। आठ वर्षमा केन्द्रमा मात्रै ८ वटा सरकार फेरिँदा पनि संविधान मास्ने खतरा अहिले दलहरुबाटै हुँदै आएको छ।

यो आठ वर्षमा प्रदेश सरकारले अझै अधिकार पाउन सकेका छैनन्। केन्द्रीय मानसिकताले प्रदेश अधिकारविहीन भएको छ।

संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला दलबीचको बेमेलका कारण संविधान निर्माण भएपछि निकै चुनौती भोग्नु पर्यो।

संविधान जारी भएपछि भारतले नाकाबन्दी लगायो जसका कारण देशका देशको अर्थतन्त्रनै धरासायी हुन पुग्यो। दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्ने भएको छ।

दिवसका अवसरमा सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम सहाय यादव लगायत विशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रम रहेको छ। यो वर्षको संविधान दिवस सरकारले तीन दिन मनाउने भएको छ। जसअनुसार हिजो असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु गरेको छ। आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय भएको छ।

विदेशस्थित राजदूतावासहरु, कुटनीतिक नियोगमा पनि यो दिवस मनाउने, तीन दिन नै बेलुका दीपावली गरेर संविधान दिवस मनाइने छ। संविधान दिवसको दिन सरकारले सार्वजनिक बिदा दिँदै आएको छ।

संबिधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेल,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,कांग्रेस सभापति शेर बहादुर देउवा,एमाले अध्यक्ष केपी ओली लगायतले शुभकामना सन्देश जारी गर्दै शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्