६७० जना कैदी बन्दीको माफी मिनाह
काठमाडौं।संविधान दिवसको अवसर पारेर ६७० जनाले कैद माफी पाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिस अनुसार माफी दिएका हुन्।
राष्ट्रपतिले ६७० जनाको कैद माफी मिनाहा गरेका उनीहरु ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकलाई कैद सजाय माफी मिनाहा दिएको दाबी गरिएको छ।
सजाय माफी मिनाहा पाउनेमा भीमबहादुर खवाससहित ४९७ जना, हर्कबहादुर लिम्बुसमेत १७० जना र सहनदिन भन्ने समदिन मियासमेत ३ जना छन्।