चिर्पट प्रहार गरी आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ



कपिलवस्तु।आफ्नै बुबा ६० वर्षीय बलबहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका-८ पुलचोक बस्ने २६ वर्षीय विकास परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा विकासले चिर्पटले प्रहार गर्दा बलबहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बलबहादुरको सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । (सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्