थुलुङ दुधकोशी गाउँपालिकाले शिक्षकहरुलाई उपलब्ध गरायो शैक्षिक क्यालेन्डरसहितको डायरी



सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले पालिका भित्र अध्यापनरत सबै शिक्षकहरुले डायरी बितरण गरेको छ।

गाउँपालिका अध्यक्ष अशिम राईले सोमबार पालिकामा आयोजित कार्यक्रममा प्रधानाध्यापक मार्फत पालिका भित्र अध्यापनरत सबै शिक्षकलाई पालिकाद्वारा प्रकाशित डायरी बितरण गरेका हुन्।

थुलुङ दुधकोशीमा सबै तहका गरी ५३ वटा विद्यालय रहेका छन्।ती विद्यालयमा झण्डै चार सय शिक्षक कार्यरत रहेको अध्यक्ष राईले रहस्य खबरलाई बताए।

अध्यक्ष राईका अनुसार शिक्षकहरुलाई शिक्षण कार्ययोजना निर्माणमा सहजता प्रदान गर्न र सिकाईलाई थप प्रभावकारी बनाउने उद्देश्य स्वरुप गाउँपालिकाले शैक्षिक क्यालेन्डर सहितको डायरी बितरण गरेको हो।

प्रतिक्रिया दिनुहोस्