पारिवारिक र सामाजिक एकतालाई कायम राख्दै सभ्यरूपमा हरितालिका(तीज) हर्षोल्लासपूर्बक मनाउन सभापति शेर्पाको आग्रह



सोलुखुम्बु ।नेपाली कांग्रेस सोलुखुम्बुका सभापति एबम् सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले पारिवारिक र सामाजिक एकतालाई कायम राख्दै सभ्यरूपमा हरितालिका (तीज) मनाउन आग्रह गरेका छन्।

नेपाली महिलाहरुको महान पर्व हरितालिका (तीज) का अवसरमा सोमबार आमा दिदीबहिनीहरुलाई शुभकामना दिंदै शेर्पाले सो आग्रह गरेका हुन्।

तीज पर्बको सांस्कृतिक महत्त्वको चर्चा गर्दै शेर्पाले मौलिक परम्परा र संस्कारलाई अझ सुसंस्कारयुक्त बनाउनु, हाम्रो मौलिक पर्वहरुको धार्मिक, सामाजिक महत्व र गरिमालाई कायम राख्दै भावी पुस्ताहरुमा हस्तान्तरण गर्नु हामी सबैको दायित्व भएको धारणा व्यक्त गरेका छन्।

सभापति शेर्पाले तीज पर्व हाल हिन्दु नारीहरुको मात्र नभएर सबै नेपाली महिलाहरुको पर्बका रूपमा स्थापित भएको उल्लेख गर्दै भनेका छन्,-‘विभिन्न धर्म र समुदायको भएतापनि एक अर्काको धर्म संस्कृतिलाई आदर सम्मान गर्ने, शुभकामना व्यक्त गर्ने, सँगै बसेर हर्षोल्लासका साथ मनाउने हाम्रो विशिष्ट खालको परम्परा रहि आएको छ।’

प्रतिक्रिया दिनुहोस्