इलाम विकास समाजले सम्झियो स्वर्गीय नेम्बाङ



काठमाडौं।इलाम विकास समाज काठमाडौंले नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता सुबासचन्द्र नेम्वाङको निधनमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा गत साता निधन भएका संविधानसभाका अध्यक्ष,पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य नेम्वाङको योगदानको चर्चा गरिएको थियो ।

समाजका अध्यक्ष अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा संविधानसभा सदस्य एवं पूर्व सांसद सुजाता परियार, संविधानसभा सदस्य शकुन्तला लेप्चा, पूर्व प्रदेश सांसद गणेश दुलाल, नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य लोकनाथ सुवेदी, नेपाली काँग्रेस इलाम जिल्लाका खगेन्द्र देवान, नेपाल पर्यटन बोडका सदस्य कृष्ण शाहलगायतले स्व. नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको योगदानको चर्चा गर्नु भयो ।

कवि पूण्यप्रसाद घिमिरेल संचालन गर्नु भएको कार्यक्रममा नेपाल वायुसेवा निगमका अध्यक्ष कवि युवराज अधिकारी,इन्जिनियरहरु दुर्गा ओस्ती, ठाकुरचन्द्र श्रेष्ठ, कुमार थापा तथा चलचित्र निर्देशक एवं संचारकर्मी सुचित्रा श्रेष्ठ, विष्णु घिमिरे, तारा सापकोटा, टंक गजुरेल, पार्वती शर्मा, शान्ता प्रधान, शशीकला प्रधान, इन्द्रप्रसाद मैनाली, निरोध खड्की, चन्द्र खाकी, निमेष गौतम, माधव चम्लागाईं, ईश्वर श्रेष्ठ, डीआर राई, गंगा पोखरेल, वसन्त खान, मेनका प्रधानलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्